इजी डेन्टल र कुमारी बैंक लिमिटेडबीच सम्झौता

२०८१ पुष १६ गते मंगलवार
सारांश
  • कुमारी बैंकले यस सुविधाबाट आफ्ना ग्राहकलाई उच्चतम गुणस्तरीय दन्त उपचार सेवा उपलब्ध गराउन विश्वास व्यक्त गरेको छ।

काठमाडौं इजी डेन्टल र कुमारी बैंक लिमिटेडबीच नयाँ सम्झौता भएको छ । जसमा कुमारी बैंकका ग्राहकहरूलाई इजी डेन्टलमा विशेष छुट प्रदान गरिने छ । 


सम्झौताअनुसार, कुमारी बैंकका ग्राहकहरूले इजी डेन्टलमा ओपीडी दर्ता शुल्क, डाक्टर परामर्श शुल्क र आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । साथै, अन्य सेवा शुल्कहरूमा १५ प्रतिशत छुट पनि उपलब्ध हुनेछ ।


सम्झौतापत्रमा कुमारी बैंक लिमिटेडका बौद्ध शाखाका म्यानेजर अनुपमा श्रेष्ठ र इजी डेन्टलका निर्देशक अजय कुमार रेग्मीले हस्ताक्षर गरेका छन् । 


कुमारी बैंकले यस सुविधाबाट आफ्ना ग्राहकलाई उच्चतम गुणस्तरीय दन्त उपचार सेवा उपलब्ध गराउन विश्वास व्यक्त गरेको छ भने इजी डेन्टलले पनि कुमारी बैंकका ग्राहकलाई सहुलियत दरमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।


इजी डेन्टल, काठमाडौँ महानगरपालिका वडा नम्बर ६, चाबहिल स्थित महांकाल खानेपानी संस्थान अगाडि अवस्थित छ । यहाँ बिरामीहरूको लागि आधुनिक उपचार कक्षहरू, नवीनतम उपचार प्रविधि, गुणस्तरीय स्टेरिलाइजेसन प्रोटोकलहरू, आरामदायक प्रतीक्षा क्षेत्रहरू, र लिफ्ट तथा पार्किङ सुविधाको व्यवस्था गरिएको छ । इजी डेन्टलले ३० वर्षको अनुभवसहित उच्चतम स्तरका दन्त उपचार सेवा प्रदान गर्दै आएको छ ।


कुमारी बैंक लिमिटेडले विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको छ । यसले देशभरका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५७ शाखा रहित बैंकिङ इकाईहरूमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार